पोलमा रहेका होर्डिङ बोर्ड हटाइँदै

पोलमा रहेका होर्डिङ बोर्ड हटाइँदै

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

पोलमा रहेका होर्डिङ बोर्ड हटाइँदैप्रस, वीरगंज, १ साउन/
वीरगंज महानगरपालिकाले मङ्गलवारदेखि विद्युत्, टेलिफोनका पोलहरूमा तारसँगै झुन्ड्याएर राखिएका होर्डिङ बोर्डहरू हटाउने कार्य शुरू गरेको छ । महानगरका सरसफाइ तथा हरियाली विकास समितिका संयोजक जयप्रकाश खेतानले इन्टरनेट, टेलिफोन, विद्युत्लगायतका तारहरू गन्जागोल अवस्थामा रहेका र यसको सफाइ कार्य बर्सेनि हुँदै आए पनि त्यसबाट आगलागीका घटनाहरू हुने गरेकाले आजदेखि पोलहरूमा राखिएका होर्डिङ बोर्डहरू हटाउन शुरू गरिएको बताए । नगर प्रहरी परिचालन गरेर आजदेखि पोलहरूबाट होर्डिङ बोर्ड हटाउन शुरू गरिएको र यसलाई निरन्तरता दिने उनले बताए ।

गत असारमा एकै महीनामा आदर्शनगरमा तीन ठाउँमा आगलागीका घटना भएका थिए । सिद्धार्थ बैंकमा ठूलो आगलागीको घटना भएको थियो भने पोलबाट आगो सल्केर दुईवटा मोटरसाइकल जलेको थियो ।

यसलाई दृष्टिगत गरेर महानगरका ३२ वटै वडामा रहेका विद्युत् पोलहरूबाट तारसँगै रहेका होर्डिङ बोर्डहरू हटाउन शुरू गरिएको खेतानले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।