बारामा बस दुर्घटनामा १७ जना यात्री घाइते

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १ साउन/
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ मा मङ्गलवार बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

वीरगंजबाट नारायणगढ हुँदै भैरहवाका लागि चल्ने ना.७ख ६०७६ नम्बरको बस दुर्घटना हुँदा १७ जना यात्री घाइते भएका जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

दुर्घटनामा परी जीतपुरसिमरा उपमनपा–७ का शङ्कर गुरुङ, कलैया उपमनपा–१८ बस्ने कन्हैया गुप्ता, चितवन, कालिकामाई गापा–५ बस्ने तिलक भट्टराई, हेटौंडा उपमनपा–१५ बस्ने सागर गोले, अमिर थापा, वीरगंज महानगर–५ बस्ने दीपेन्द्रकुमार गुप्ता, वडा नं १५ बस्ने विक्रम रानामगर, महागढीमाई नपा–५ बस्ने सर्वजीत राम, भारत, रक्सौल बस्ने शाहिद अन्सारी, जीतपुरसिमरा–३ बस्ने जानुका ढुङ्गाना, हेटौंडा उपमनपा–९ बस्ने गौरी श्रेष्ठ, वीरगंज–६ बस्ने सोहेब अन्सारी, हेटौंडा उपमनपा–१५ बस्ने सुमन लामा, सरस्वती काफ्ले, ठोरी गापा–२ बस्ने रूपेश तामाङ, बसका कन्डक्टर कालिकामाई नपा–१० बस्ने राकेन्द्र बमजन र एकजना व्यक्तिको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेहरूको वीरगंजस्थित वयोधा मेडिसिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालक चितवन राप्ती नगरपालिका–६ बस्ने सागर न्यौपानेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।