प्रस, परवानीपुर, ७ पुस/
नारायणी अस्पताल वीरगंजमा फाइन निडर आस्पिरेशन सिटोलोजी (एफएनएसी) प्रविधिबाट क्यान्सर र क्षयरोग पत्ता लगाउने ल्याब स्थापना भएको छ।
पुस ४ गतेदेखि सुईको माध्यमबाट कोषमा भएको रोगलाई परीक्षण गर्ने विधिबाट क्यान्सर र क्षयरोग पत्ता लगाउने परीक्ष्Fण शुरू गरिएको प्याथोलोजिस्ट डा नीरा पाठकले बताइन्।
नारायणी अस्पतालमा यसअघि यो सेवा थिएन। वीरगंजको मेडिकल कलेज, मङ्गलम, प्रभु अस्पतालमा यसको जाँच हुन्छ।
अहिले दैनिक दुईवटा नमूना परीक्ष्Fण भइरहेको र परीक्ष्Fण चरण पार गरिसकेपछि अस्पतालले स्वीकृति लिएपछि केही शुल्क तोकेर परीक्ष्Fण नियमित गर्ने लक्ष्य रहेको उनले बताए।
त्यसैगरी, नारायणी अस्पतालमा माइक्रोबायोलोजिस्ट डा प्रभाकरराज पाण्डे आइसकेको र केही दिनमा रगत र पिसाबको कल्चर गरिने नारायणी अस्पतालको प्रयोगशालाले जनाएको छ।
नारायणी अस्पतालमा विभिन्न भाइरसबाट लाग्ने रोगहरू जस्तै टाइफाइड, मलेरिया, कालाज्वरका बिरामीहरूको रगत र पिसाबको कल्चर नहुँदा महँगो शुल्क तिरेर वीरगंजका निजी ल्याबमा यस्ता परीक्ष्Fण हुँदै आएका छन्।
नारायणीमा यी सेवाहरू शुरू भएपछि गरीब, विपन्न, मध्यमवर्गीय परिवार लाभान्वित हुनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here