जीतपुरसिमरा उपमहानगरपालिका–७ मा सडक, फूटपाथ अतिक्रमणमुक्त गरिएको छ। मङ्गलवार सरोकारवालाहरूको सक्रियतामा वीरगंज–पथलैया छ लेन सडक तथा फूटपाथलाई अतिक्रमणमुक्त गरिएको जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घका प्रथम अध्यक्ष्F घनश्याम गिरीले बताए।
सडक तथा फूटपाथ अतिक्रमण हुँदा बटुवा र सवारीसाधनलाई आवागमनमा समस्या भएपछि अतिक्रमणमुक्त गरिएको इलाका प्रहरी कार्यालय, जीतपुरका प्रमुख एवं प्रहरी नायब निरीक्षक प्रकाश खड्काले बताए।
त्यसैगरी, जीतपुर बजार क्षेत्रलाई पनि अतिक्रमणमुक्त गरी सरसफाइ गरिएको थियो। बजार, सडक, फूटपाथ अतिक्रमण गर्नेलाई एकपटक चेतावनी दिई छाडेको र आगामी दिनमा यस्तो कार्य गरेमा कारबाई गर्ने प्रहरी सहायक निरीक्ष्Fक वीरेन्द्र यादवले बताएका छन्।