प्रस, वीरगंज, ७ पुस/
माट्रिका आई फाउन्डेशनको प्राविधिक सहयोग र वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको निजी खर्चमा जगरनाथपुरमा निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ।
जगरनाथपुर गापा–३ खलउचडी टोलमा आयोजित शिविरको नगरप्रमुख सरावगीले उद्घाटन गरेका थिए। शिविरमा ४८५ जनाको आँखा परीक्ष्Fण गर्दा २८५ जनामा मोतीबिन्दु समस्या देखिएको फाउन्डेशनका संयोजक महेशसिंह धामीले बताए। शिविरमा जगरनाथपुर गापाका अध्यक्ष जालीम मियाँ, उपाध्यक्ष बिस्मिल्लाह खातुन, जसपाका केन्द्रीय सदस्य वीरेन्द यादव, पूर्वमन्त्री मोहनलाल चौधरी, कृष्णमोहन यादव, शरीफ गद्दीलगायत सहभागी थिए। मोतीबिन्दु भएकाहरूको फाउन्डेशनले निश्शुल्क शल्यक्रिया गर्ने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here