स्वास्थ्य कार्यालय, पर्साको आयोजनामा पोखरियामा एक दिने डेङ्गु तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ।
रामदेवप्रसाद कलवार जिल्ला उचाङ्गल मावि पोखरियाको सभाहलमा आयोजित कार्यक्रममा पोखरिया नपाका १० वटा वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता थियो।
पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपप्रमुख रूबी ठाकुर, प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव, स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक शिव पटेललगायतको सहभागिता थियो।
कार्यक्रममा स्वास्थ्य कार्यालय, पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले प्रशिक्षण दिएका थिए। कार्यक्रममा नगरप्रमुख चौहानलाई पोखरिया नपाका १० वटा वडालाई चार महीनासम्म पुग्ने बायो–डर्ट कीटनाशक औषधि १६० बोतल तथा सो औषधि छर्न १० थान स्प्रे टङ्की हस्तान्तरण गरिएको थियो।