प्रस, जनकपुरधाम, ३ पुस/ 

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीले विवाहपञ्चमी महोत्सवको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयबाट शुक्रवार शुभकामना सन्देश जारी गरिएको हो।
जारी सन्देशमा त्रेतायुगमा माता सीता र भगवान् रामको विवाह भएको संस्मरणमा प्रत्येक वर्ष मनाइने विवाह पञ्चमी महोत्सवका अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी तथा महोत्सवमा सहभागी हुन जनकपुर पुगेका श्रद्धालु भक्तजनप्रति शुभकामना व्यक्त गरिएको उल्लेख छ। मुख्यमन्त्री गद्दीले कोरोना महामारीको जोखिम अझै कायम रहेको भन्दै स्वास्थ्य सतर्कता अपनाइ पर्व मनाउन आग्रह गरेका छन्। रामजानकी विवाहपञ्चमी शनिवार जनकपुरधाममा धार्मिक एवं सांस्कृतिक विधिपूर्वक उल्लासमय वातावरणमा मनाइने तय भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here