प्रस, वीरगंज, २६ साउन/
जिल्ला प्रहरी कार्यालय पर्साले सोमवार ५० बोरा भारतीय युरिया मलसहित एउटा गाडी नियन्त्रणमा लिएको छ ।
प्रहरीले सूचनाको आधारमा परवानीपुरमा रहेको अशोक साहको गोदामबाट १५ बोरा तथा ना.४च ४०६७ नम्बरको पिकअप भ्यानमा लोड गरिएको ३५ बोरा गरी ५० बोरा मल बरामद गरेको हो । बरामद ५० बोरा मल भारतीय भएको प्रहरीले जनाएको छ ।
खुला सीमाको कारण चोरी पैठारी भएर आएको मल सञ्चय गरिएको सूचनाको आधारमा सोमवार बिहान प्रहरीले बरामद गरेको हो । भण्डार गरिएको मल अन्यत्र पठाउने प्रयास भएको थियो । बरामद मल तथा गाडी कारबाहीको लागि वीरगज भन्सारमा बुझाइएको प्रहरी उपरीक्षक गङ्गा पन्तले बताइन् ।