प्रस, वीरगंज, १ पुस/
नेपाल–भारत खुला सीमा संवाद समूह पर्साले बुधवार २०औं दिन सीमा खुला गर्न माग गर्दै वीरगंज भन्सार कार्यालयअगाडि एक घण्टा धर्ना दिनुका साथै आधा घण्टा चक्काजाम गरेको छ।
समूहका संयोजक कृष्ण पटेलको नेतृत्वमा ओमप्रकाश सर्राफ, रम्भा मिश्र, उषा श्रीवास्तव, रमेश सर्राफ, पप्पु पटवा, अनीता रौनियार, वीरेन्द्र यादव, शेख मुन्ना, प्रतिमा जोशीलगायतले एक घण्टा धर्ना दिए।
सीमा खुला नहुन्जेलसम्म धर्ना दिने समूहका संयोजक पटेलले बताए। उनले सरकारले पुस १ गतेदेखि सिल सीमा खुला गर्ने भनेको तर मातहतका कार्यालयलाई निर्देशन नदिएकोले सीमा बन्द भएको कारण आज आधा घण्टा चक्काजाम गरेको बताए। उनले बिहान १० देखि साढे १० बजेसम्म भन्सार नाकामा चक्काजाम गरिएको जानकारी गराएका छन्।
सो अवसरमा भन्सार क्षेत्रमा प्रवेश गर्ने र बाहिरिने मालवाहक सवारीसाधनहरू प्रभावित भएका थिए। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here