प्रस, परवानीपुर, १ पुस/
नारायणी अस्पताल वीरगंजमा एकजना वृद्ध छटपटाइरहेको अवस्थामा भर्ती छन्। मेडिकल वार्डको २१ नं शøयामा पहिचान नखुलेको अन्दाजी ६५ वर्षीय वृद्ध राम्ररी बोल्न पनि सक्दैनन्।
उनको खुट्टामा घाउ भएपछि केही हप्ताअगाडि सामाजिक कार्यकर्ताहरूको सहयोगमा पर्सा प्रहरीले सडकपेटीबाट उठाएर उपचारको लागि नारायणी अस्पतालमा भर्ना गरेको थियो तर नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको लापरवाहीका कारण उनको उपचारमा समस्या भइरहेको छ भने नर्सहरूले पनि राम्ररी स्याहारसुसार नगर्ने गरेको बताइएको छ। २१ नं शøयाकै छेउमा एकजना कुरुवाले भने– दिनमा दुईपटक नारायणी अस्पतालका कार्यालय सहयोगीले खाना दिन्छन्। खाना खाएर बूढा शøयामैं सुत्छन्। उनले शøयामैं दिसापिसाब गर्ने गरेको र सरसफाइ नहुँदा अन्य बिरामी र कुरुवाहरूलाई समस्या हुने गरेको बताए।
शøयामा अहिले एउटा हरियो बेडसिट मात्रै उनलाई ओढाइएको छ। चीसोले कठ्याङ्ग्रिएर उनको ज्यान कुनै पनि बेला जान सक्ने अस्पताल स्रोतको दाबी छ। यस विषयमा मेसु डा सञ्जयकुमार ठाकुरले अस्पतालले मात्र असहाय वृद्धवृद्धाहरूको उपचार र व्यवस्थापन गर्न कठिन हुने प्रतिक्रिया दिए। उनले भने– प्रहरी र सामाजिक कार्यकर्ताले जसलाई पनि उठाएर अस्पतालमा ल्याइदिन्छन् तर चिकित्सक र स्वास्थ्यकर्मीको काम हो उपचार गर्ने। उपचार गरेपछि रोग निको हुन्छ तर ती असहाय वृद्धवृद्धाहरूलाई अस्पतालमा छाडिदिन्छन्, जसले गर्दा यस किसिमको समस्या आउने गरेको उनले बताए।