प्रस, वीरगंज, १ पुस/
वीरगंजमा राजावादीहरूले १००औं महेन्द्र जयन्ती एवं अस्तित्वबोध दिवस मनाएका छन्।
देशभक्त राजभक्त समूहले महावीरस्थानमा कार्यक्रम गरी दिवस मनाएको थियो। समूहका अध्यक्ष दीपेन्द्र रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा पशुपति विक्रम शाह, उषा शाह, राजकिशोर चौबे, सतीश श्रीवास्तव, नीरज गुप्ता, शम्भु चौरसिया, अब्दुल सतार, नन्दकिशोर गोयललगायतको सहभागिता थियो।
यसैगरी, राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीले नगर सभागृहमा पूर्वराजा स्व महेन्द्रको सालिकमा माल्यार्पण गरी दिवस मनाएको थियो। मञ्चका अध्यक्ष नन्दकिशोर गोयलको अध्यक्ष्Fता एवं उषा शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कमल घिमिरे, मकबुल मियाँ, सुनील यादव, उपेन्द्र बरई, राधेश्याम महतो, डा शशिभूषण वर्णवाल, शम्भु घिमिरे, अरुणविक्रम शाह, अजय तिवारी, विष्णुप्रसाद सिलवाल, ज्ञानीप्रसाद कुर्मी, महमुद आलमलगायतले सालिकमा माल्यार्पण गरी पूर्वराजा स्व महेन्द्रप्रति श्रद्धाञ्जलि अर्पण गरेको मञ्चका प्रेस सल्लाहकार प्रणयकुमार साहले बताए।
यसैगरी, १००औं महेन्द्र जयन्ती राजसंस्था पुनस्र्थापना सङ्घर्ष समितिले घण्टाघरमा कार्यक्रमको आयोजना गरी मनाएको छ।
राजकिशोर चौबेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पशुपति विक्रम शाह, हीराबहादुर चन्द, रामबहादुर थापा, शम्भु चौरसिया, दीपेन्द्र रौनियार, सतीश श्रीवास्तवलगायतले पूर्वराजा स्व महेन्द्रप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here