प्रस, वीरगंज, ३० मङ्सिर/
जिल्ला प्रहरी कार्यालय, पर्साले ६८ किलो चाँदी बरामद गरेको छ।
वीरगंज महानगर–६ मीनाबजारनजीक रहेको भारतीय नागरिक दीपक सर्राफको घरबाट सो चाँदी बरामद गरेको हो।
दीपक सर्राफकी पत्नी नेपाली नागरिक सुनीता सर्राफको नाममा सो घर भएको र ६८ किलो चाँदीजस्तो वस्तु देखिने सामान बरामद भएको प्रहरी उपरीक्ष्Fक गङ्गा पन्तले बताइन्।