जिल्ला प्रहरी कार्यालय, पर्सा/बारा र सशस्त्र प्रहरीले भन्सार छली तथा बिलबीजकभन्दा बढी सामान भएको दाबी गर्दै राजस्व अनुसन्धान कार्यालय, पथलैयामा पठाउने सामान र सवारीसाधनमध्ये ९५ प्रतिशत विनाकारबाई छुट्दै आएका छन् ।
जनपद र सशस्त्र प्रहरीले भन्सार छलीका र सवारीसाधनमा लोड विभिन्न सामग्रीहरू बिलबीजकभन्दा बढी भएको भनेर राजस्व अनुसन्धान, पथलैयामा पठाउने गरेको तर त्यहाँ अनुसन्धानबाट भने त्रुटि नदेखिने गरेको पाइएको छ । राजस्व अनुसन्धान कार्यालय, पथलैयाका प्रवक्ता एवं अनुसन्धान अधिकृत प्रमोद चौधरीले सुरक्ष्Fा निकायबाट राजस्व अनुसन्धानमा आउने गरेका घटनामा पाँच प्रतिशत मात्र कारबाईको प्रक्रियामा पर्ने गरेको बताए । उनले सुरक्ष्Fाकर्मीहरूले भन्सार छलीका अथवा बिलबीजकभन्दा बढी रहेका सामान राजस्व अनुसन्धानमा पठाउनुपर्नेमा त्यसो नगरी स्वयम् सवारीसाधन र मालवस्तुको मूल्याङ्कन गरेर पठाउने गरेकामा सो कार्य त्रुटिपूर्ण रहेको बताएका छन् ।
उनले सुरक्षाकर्मीहरूलाई मूल्याङ्कन गर्ने अधिकार नभएको बताए । प्रवक्ता चौधरीले सुरक्षाकर्मीहरूबाट पठाइने सवारीसाधन, मालवस्तुको चेकजाँचमा समय खर्च भइरहेको र प्रतिफल नआएको बताए ।
पर्सा र बाराबाट दैनिकरूपमा जनपद र सशस्त्र प्रहरीले मालवस्तुहरू समातेर राजस्व अनुसन्धानमा पठाउने गरेको छ । जिप्रका, पर्साले एक महीनामा मात्र रु छ करोडभन्दा बढीको सामान पठाएको दाबी गरेको छ । बारा प्रहरीले पनि सोही परिमाणमा मालवस्तुहरू बरामद गर्ने र पठाउने गरेको छ । तर अनुसन्धान कार्यालयबाट भने ती मालवस्तुहरू वैधानिक भएको पाइने गरेको छ । प्रहरीले काम देखाउनका लागि मालवस्तुहरू बरामद गर्ने, पठाउने गरे पनि त्यसमा भने सत्यता नहुने गरेको पाइएको छ । यसले गर्दा प्रहरीले व्यवसायीहरूसँग पूर्वाग्रह राख्ने गरेको देखिन्छ । सुरक्ष्Fा निकायका दुवै अङ्गले आफैंले इमानदारीका साथ मालवस्तुको चेकजाँच गर्ने र त्रुटि देखिएकालाई मात्र राजस्व अनुसन्धानमा पठाउने गरेको भए यो अवस्था आउने थिएन । प्रचारबाजीका लागि प्रहरीले ठूलो परिमाणमा मालवस्तुहरू पठाएको भएपनि कारबाई भने हुने गरेको छैन । यस विषयमा पर्सा र बाराका जनपद तथा सशस्त्र प्रहरीले ध्यान दिनुपर्ने देखिन्छ ।