प्रस, वीरगंज, २९ मङ्सिर/
नेपाली काङ्ग्रेस, पर्साले केन्द्रीय कार्यक्रम अन्तर्गत सोमवार वीरगंजमा सरकारविरुद्ध प्रदर्शन गरेको छ।
घण्टाघरबाट निकालिएको –याली नगरपरिक्रमापछि सोही ठाउँमा पुगेर कोणसभा भएको थियो। कोणसभाका प्रमुख अतिथि नेकाका केन्द्रीय सदस्य रमेश रिजालले दुई तिहाइको सरकार जनताको समस्या समाधान गर्न असफल भएको बताए। उनले नेपाली जनताले आशा र विश्वासका साथ स्थिर सरकारका लागि कम्युनिस्ट पार्टीलाई दुई तिहाइ बहुमत दिए पनि सरकारले जनअपेक्षाअनुरूप काम गर्न नसकेको आरोप लगाए।
उनले सरकार पूर्णरूपमा असफल भएको र यो नेपालको इतिहासमा कलङ्कित सरकार बनेको दोषारोपण गरे। कोरोना सङ्क्रमणको बेलामा सरकारका मन्त्रीहरू भ्रष्टाचारमा लिप्त भएको र जनतालाई राहत दिन नसकेको उनको भनाइ थियो।
नेपाली काङ्ग्रेसका अर्का केन्द्रीय सदस्य अजयकुमार चौरसियाले वर्तमान सरकार यही रवैयामा चलेको खण्डमा मध्यावधि निर्वाचन हुने बताए। उनले सरकार चौतर्फीरूपमा असफल बन्दै गएको आरोप लगाए। सङ्घ, प्रदेश र स्थानीय तीनै तहको सरकार भ्रष्टाचारमा लिप्त रहेको र जनआकाङ्क्षाअनुरूप काम गर्न नसकेको उनले बताए।
पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीले भ्रष्टाचारमा सरकार लिप्त भएको र कोरोना सङ्क्रमणमा जनतालाई राहत दिन नसकेको बताए। सरकारले कोरोनाकालमा बेरोजगार भएका मजदूर, किसानलगायतलाई राहत दिन नसकेको र उल्टो कोरोनाको नाममा भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए। संसारबाट कम्युनिस्ट सरकार पलायन भएपनि नेपालमा दुई तिहाइमा देखिएको सरकार जनअपेक्षाअनुरूप काम गर्न नसकेको हुँदा अब बन्ने सरकार नेकाको बहुमतमा बन्ने दाबी गरे। सरकार र त्यसका मन्त्रीहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए। उनले तीनै तहको सरकार जनतामाथि कर थोपर्नुबाहेक राहत दिने कुरामा अग्रसर नभएको आरोप पनि लगाए। नेता चौधरीले खुला सीमा कोरोनाको कारण बन्द गरिएकोमा आपत्ति जनाए। उनले भारत सरकारले आफ्नो सीमा खोलिसकेको अवस्थामा आवतजावत भइरहेको तर सरकारले आधिकारिकरूपमा नाका बन्द गर्दा सीमाका जनताले सास्ती भोग्नुपरेको बताउँदै अविलम्ब नाका खोल्न आग्रह गरे।
संविधानसभा सदस्य अनिलकुमार रूँगटाले नेपाली काङ्ग्रेस दुई वर्ष प्रतिपक्षको भूमिका निर्वाह गरेको र एक वर्ष कोरोनाको कारण चुप बसे पनि आगामी दुई वर्ष सरकारको विरोधमा चुप नबस्ने बताए। उनले सरकारले गरेका गलतीहरूको जनतासामु गएर नेकाले उजागर गर्ने बताए।
नेका पर्साका सभापति अजयकुमार द्विवेदीको अध्यक्ष्Fतामा भएको विरोधसभामा नेकाका केन्द्रीय सदस्य वीरेन्द्रलाल नेपाली, संविधानसभा सदस्यहरू राजेन्द्रबहादुर अमात्य, रामेश्वर रौनियार, प्रदेशसभा सदस्य राजेश्वर साह तेली, शङ्कर चौधरी, वीरगंज महानगरका उपप्रमुख शान्ति कार्कीलगायतले वर्तमान सरकार चौतर्फीरूपमा असफल भएको दाबी गरे। उनीहरूले सरकारको काम कारबाईबाट जनता त्राहिमाम भएको र आगामी सरकार नेकाको हुने दाबी गरेका थिए।
कार्यक्रमको सहजीकरण नेका पर्साका सचिव किशोरी साह कानूले गरेका थिए।
प्रस, रौतहट/
नेपाली काङ्ग्रेस, रौतहटले गौर र गरुडामा विरोध प्रदर्शन गरेको छ। नेकाका नेता, कार्यकर्ताहरूले गौर नगरपालिकाका विभिन्न क्ष्Fेत्र परिक्रमा गर्दै नाराबाजी लगाएका थिए।
विरोध प्रदर्शनमा जिल्ला सभापति कृष्ण यादव, पूर्वसांसद जीतेन्द्र यादवलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here