एभरेस्ट बैंकविरुद्ध कलैयामा प्रदर्शन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, ३१ वैशाख/

कलैया उपमहानगरपालिकामा रहेको एभरेस्ट बैंकमा स्थानीय ऋणीहरूले विरोध प्रदर्शन गरेका छन् । बैंकले ऋणीहरूलाई साँवा र ब्याजका लागि ताकेता गरेर मानसिक यातना दिएको आरोपसहित स्थानीय ऋणीहरूले सोमवार भरतचोकबाट विरोध प्रदर्शन गर्दै गढीमाई जाने सडकमा रहेको एभरेस्ट बैंकअगाडि प्रदर्शन गरेका थिए ।

 उनीहरूले बंैक मैनेजरको पुतला दहन गर्दै बैंकमा ढुङ्गामुढा पनि गरेका थिए । प्रदर्शनकारीहरूले बैंकले साँवाको ब्याजमा ब्याज थप गरेर आठ प्रतिशतको ब्याजलाई २४ प्रतिशत पारेको र ऋणीहरूलाई साँवा र ब्याजको लागि निरन्तर ताकेता गरेर मानसिक यातना दिएका कारण केहीले आत्महत्या पनि गरेको र केही मानसिक रोगी बनेका उनीहरूले आरोप लगाएका थिए ।

                प्रदर्शनकारीहरूले बंैक सरह केही लघुवित्तहरूले पनि ऋणीहरूलाई निरन्तर ताकेता गरेको आरोप लगाएका थिए । उनीहरूले बैंक र लघुवित्तहरूले व्यवहारमा सुधार नगरे सशक्त आन्दोलन चर्काउने चेतावनी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।