प्रस, वीरगंज, ३१ वैशाख/
वीरगंज उद्योग वाणिज्य सङ्घले पर्सामा सरुवा भई आएका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाललाई स्वागत र पर्साबाट सरुवा भएका सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यलाई बिदाइ गरेको छ । सोमवार वीउवासङ्घले आयोजना गरेको कार्यक्रममा अध्यक्ष अनिलकुमार अग्रवालले यस क्षेत्रको औद्योगिक, व्यापारिक महŒव तथा उपादेयताबारे प्रकाश पारेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक धिमालले आप्mनो कार्यकालमा सक्रियतापूर्वक कार्य सम्पादन गर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य सुबोधकुमार गुप्ताले खुला सीमा हाम्रोलागि अवसर र चुनौती भएकोले शान्ति सुरक्षा, तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले औद्योगिक सुरक्षा बलको पुनस्र्थापनामा सबैको सहकार्य अपरिहार्य भएको बताए ।
सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले वीउवासङ्घले सामाजिक विकासको लागि निर्वाह गरेको भूमिको सराहना गरे ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हरि गौतमले धन्यवाद र कार्यक्रमको सञ्चालन महासचिव आशिष लाठले गरेका थिए । कार्यक्रममा नेपाल भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष अशोककुमार बैद, कोषाध्यक्ष शिवजीप्रसाद कलवार, सहकोषाध्यक्ष अनोज रूँगटालगायतको सहभागिता थियो ।