प्रस, पर्सागढी, २९ मङ्सिर/
लकडाउनपछि जीतपुर–रङ्गपुर सडकखण्ड अन्तर्गत जनता सडकमा ट्राफिक प्रहरीले सोमवारदेखि सवारीसाधनहरूको चेकजाँच शुरू गरेको छ।
लामो समयपछि सवारी चेकजाँच गर्दा जनता सडकमा गुड्ने अटोरिक्शा, म्याजिकलगायतका सवारीसाधनहरू सो सडक परिवर्तन गरेर अन्यत्रबाट गन्तव्यतर्फ गएको पाइएको छ। जनता सडकमा एकपछि अर्को सवारी दुर्घटना भएपछि सवारी चालक अनुमतिपत्र, सवारीधनी प्रमाणपत्र ट्राफिक प्रहरीले सोमवारदेखि चेकजाँच शुरू गरेको इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले जनाएको छ। सोही कार्यालयबाट ट्राफिक प्रहरी खटाइएको हो।
पर्सागढी नगरपालिका–३ प्रहरी चौकीनजीकै सवारी चेकजाँच भएपछि यो क्षेत्रबाट गुड्ने भाडाका सवारीसाधनहरू जीतपुर–रङ्गपुर थरुहट सडकको प्रयोग गरी ओहोरदोहोर गरिरहेका छन्।
लकडाउनपछि सञ्चालित सवारीसाधनहरू नवीकरण नभएको र सवारी चालक अनुमतिपत्रविना भाडाका सवारीसाधनहरू सञ्चालन भएको गुनासोसँगै ट्राफिकले चेकजाँच शुरू गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here