प्रस, वीरगंज, २९ मङ्सिर/
नेपाल–भारत खुला सीमा संवाद समूह पर्साले सोमवार १८औं दिन सीमा खुला गर्न माग गर्दै वीरगंज भन्सार कार्यालयअगाडि एक घण्टा धर्ना दिएको छ।
समूहका संयोजक कृष्ण पटेलको नेतृत्वमा रम्भा मिश्र, मालती कुशवाहा, आँचल सिंह, मुकेश पटेल, उषा श्रीवास्तव, रमेश सर्राफ, शेख मुना, प्रतिमा जोशीलगायतले एक घण्टा धर्ना दिए।
सीमा खुला नहुन्जेलसम्म धर्ना दिने समूहका संयोजक पटेलले बताए।