प्रस, पोखरिया, २६ साउन/
पकहामैनपुर गाउँपालिकाको सबैठवामा स्थानीय र सशस्त्र प्रहरीबीच बढेको विवाद साम्य भएको छ ।
सशस्त्रको गतिविधि रेकर्ड गर्ने क्रममा स्थानीय एक युवकसँग विवाद भएको र पछि गाउँलेहरू एकीकृत भएर सशस्त्रको विरोधमा उत्रिएका थिए । सीमामा तैनाथ सशस्त्रको गतिविधिको भिडिओ बनाएका युवकलाई सशस्त्रले डिलिट गर्न दबाब दिएपछि विवाद बढेको थियो ।
युवकले सामान्य किसानलाई भारतबाट मल ल्याउन नदिएको तर तस्करहरूले सशस्त्रको निगरानीमा मलको चोरी पैठारी भइरहेको भिडिओ आपूmले बनाएको र त्यो डिलिट गर्न खोज्दा विवाद भएको बताएका छन् । विवादको क्रममा सशस्त्रले कुटपीट गरेपछि आक्रोशित स्थानीयले सीमा निगरानीको लागि बनाएको चौकी तोडफोड गरेका थिए ।
सशस्त्र प्रहरी चौकी सबैठवाका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक टीकाराम गौतमले भारतको सिकटा बजारबाट स्थानीयले किनमेल गरेर ल्याउने सामान रोकेको विषयमा विवाद चर्काएको बताए । उनले स्थानीयसँग वार्ताको माध्यमबाट विवाद समाप्त भएको दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here