प्रस, पंचगावाँ, २८ मङ्सिर/
    नेपाल किसान सङ्घ, पर्साले जिल्ला प्रशासन कार्यालय, पर्सामार्फत प्रदेश नं. २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा ज्ञापनपत्र पठाएको छ।
    सङ्घका अध्यक्ष असर्फी साहले कृषि ज्ञान केन्द्र, पर्सा दुई महीनादेखि कार्यालय प्रमुखविहीन भएको कारण किसानहरूले सो कार्यालयबाट पाउने सेवाबाट वञ्चित भएको र गत आव २०७६/०७७ को बजेट फ्रिज भएको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराएको छ। ज्ञापनमा किसानहरूले गहुँ रोपिसकेको भन्दै सो कार्यालयबाट चालू आवमा सञ्चालन हुने सिंचाइ, कृषि औजारमा अनुदान, स्यालो ट्युबवेल, मोटर, बीउ अनुदान, बजार सेड निर्माण, क्लिनिक सञ्चालन, आकस्मिक बाली संरक्षण, कृषकहरूको क्षमता विकास तालीम र कोरोनाको कारण आर्थिक भारमा परेका किसानहरूले पाउने राहतलगायतका कार्यक्रमहरू प्रभावित भएको उल्लेख छ। ज्ञापनमा कृषि ज्ञान केन्द्र, पर्सामा अविलम्ब प्रमुखको व्यवस्था गरी किसानको हितमा काम शुरू गर्न आग्रह गरिएको छ।
    विज्ञप्तिमा किसानको माग सम्बोधन नभए बाध्य भई आन्दोलनको विकल्प नहुने चेतावनी पनि दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here