प्रस, वीरगंज, २८ मङ्सिर/
नेपाल–भारत खुला सीमा संवाद समूह पर्साले आइतवार १७औं दिन सीमा खुला गर्न माग गर्दै वीरगंज भन्सार कार्यालयअगाडि एक घण्टा धर्ना दिएको छ।
समूहका संयोजक कृष्ण पटेलको नेतृत्वमा रम्भा मिश्र, मुनि श्रीवास्तव, उषा श्रीवास्तव, प्रतिमा जोशी, रमेश सर्राफ, शेख मुन्ना, जनार्दन यादव, राजेश पटेल, वीरेन्द्र कुशवाहा, नाजिया हसन सिद्धिकीलगायतले एक घण्टा धर्ना दिए। सीमा खुला नहुन्जेलसम्म धर्ना दिने समूहका संयोजक पटेलले बताए।