प्रस, पोखरिया, २८ मङ्सिर/
    सशस्त्र प्रहरी भिखमपुरले भारतबाट अवैधरूपमा भिœयाइएको ५२ थान बोइलर कुखुरा नियन्त्रणमा लिएर नष्ट गरेको छ।
    सशस्त्र प्रहरी निरीक्ष्Fक किसमान तामाङले धोबिनी गाउँपालिका–२ आसबारीबाट ५२ थान बोइलर कुखुरा आइतवार बिहान बरामद गरेको र सरोकारवालाहरूको रोहबरमा नष्ट गरेको बताएका छन्। तीनजना व्यक्तिले भारतको इनर्वाबाट बोइलर कुखुरा ल्याएको र प्रहरीलाई देखेपछि कुखुरा छाडेर भागेका थिए। पर्सा जिल्लामा बोइलर कुखुराको मूल्य बढेसँगै तस्करी शुरू भएको हो। यहाँ अहिले ज्यूँदो बोइलर कुखुरा प्रतिकिलो रु २२५ छ भने भारतमा प्रतिकिलो रु १७५ छ। किलोमा रु ५० फरक भएकोले अहिले भारतबाट बोइलर कुखुराको तस्करी बढेको हो।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here