आँखादानको लागि सहकार्य गरिने

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, परवानीपुर, १९ चैत/
बारा, पर्सा एवं आसपासका क्षेत्रमा आँखादानसम्बन्धी सहकार्य गरिने भएको छ । केडिया आँखा अस्पताल परवानीपुर र वीरगंज–१० स्थित नृसिंह दास बृजलाल गोयल वेलफेयर सोसाइटीबीच आँखादान सम्बन्धमा सहकार्य गरिने भनेर सम्झौतापत्रमा हस्ताक्षर गरी हस्तान्तरण गरिएको छ ।

अस्पताल परिसरमा सोमवार दिउँसो सोसाइटीका अध्यक्ष शिव गोयल र अस्पतालका व्यवस्थापक प्रकाशकुमार वर्माबीच सम्झौतापत्र हस्तान्तरण भएको छ ।

धार्मिक विधि अनुसार अत्येष्टि गर्दा मृत व्यक्तिको आँखा जलेर वा गलेर नष्ट हुने र अर्कोतर्पm आँखामा चोटपटक वा घाउको कारण आँखाको नानी अपारदर्शी भई दृष्टिविहीन भएर बाँच्नुपर्ने बाध्यात्मक परिस्थितिलाई ध्यानमा राख्दै जलेर वा गलेर गइरहेको एकजना मृतक व्यक्तिको आँखा दानबाट दुईजना दृष्टिविहीनको दृष्टि फर्काउन सकिने भएकोले यस कार्यमा गम्भीर भएर लाग्नुपर्ने दुवै पक्षले प्रतिबद्धता जनाएका छन् ।

संयुक्त अभियानले खेर गइरहेको कर्निया (नानी) जलाउनु वा गलाउनुको साटो दान गर्दा दृष्टिविहीन व्यक्तिले देख्न सक्ने र समाजमा दाताको मानप्रतिष्ठा बढ्ने भएकोले सम्झौतापत्रमा यस अभियानलाई बढाउने उल्लेख छ ।

कार्यक्रममा अस्पतालका प्रशासन अधिकृत अरुण महतो, लेखा अधिकृत श्रीकान्तप्रसाद कानूलगायतको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।