नितनपुरमा प्रहरीमाथि आक्रमण गर्ने पाँचजना पक्राउ

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, परवानीपुर, १६ चैत/
जीतपुरसिमरा उपमहानगरपालिका–१० नितनपुरमा प्रहरीमाथि आक्रमण गर्ने गिरोहमध्ये पाँचजना पक्राउ परेका छन् भने पाँचजना फरार छन् ।

गत चैत १३ गते मङ्गलवार नितनपुर गाउँमा डिजे बजाएर जीउभरि हिलो छ्यापेर नाचगान गरिरहेको अवस्थामा प्रहरीले रोक्न खोज्दा प्रहरीमाथि लाठी तथा मुक्का प्रहार गर्दै आक्रमण भएको थिए । होली बितेपछि पनि ठूलो आवाजमा डिजे बजिरहेकोले स्थानीयलाई असर परेको भन्दै गाउँलेले इलाका प्रहरी कार्यालय, जीतपुरमा खबर गरेका थिए । त्यसपछि वरिष्ठ प्रहरी नायब निरीक्ष्Fक प्रकाश खड्काको टोली भ्यान लिएर डिजे स्थलमा पुगेको थियो ।

रक्सीको नशामा चुर नितनपुरका युवकहरूले प्रहरीको कुरा सुनेर डिजे बन्द गर्नुको साटो प्रहरीमाथि नै आक्रमण गरेपछि झडप भएको थियो । घटनामा संलग्न १० जनामध्ये पाँचजनालाई इप्रका, जीतपुरको टोलीले नियन्त्रणमा लिएर कारबाई अगाडि बढाएको छ ।

पक्राउ पर्नेमा नितनपुरका युवाहरू रमेश पटेल, बिहारी पासवान, सन्तोष पासवान, आरजु विक र उपेन्द्र सहनी रहेका छन् भने अन्य पाँचजना फरार रहेका जीतपुर प्रहरीले जनाएको छ । यस विषयमा सो वडाका अध्यक्ष सञ्जय पटेलले होली सकिसकेपछि पनि यस्तो गतिविधि गर्नु दुःखद भएको बताए । उनले दोषीलाई कारबाई र निर्दोषलाई रिहा गर्नुपर्ने माग गरे ।

जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्ष्Fक दधिराम न्यौपानेले इप्रका, सिमरा मातहत घटना भएकोले सोही ठाउँमा कानूनबमोजिम कारबाई अगाडि बढाइएको बताए । उनले फरार व्यक्तिलाई चाँडै प्रहरीले कानूनको दायरामा ल्याउने बताए । झडपमा परेर इप्रका, जीतपुरका प्रहरी घाइते भएका उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।