ईरिक्शाको ठक्करबाट साइकलयात्रीको मृत्यु, चालक फरार

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, परवानीपुर, १६ चैत/
बारा, परवानीपुर गाउँपालिका–४ चैनपुरस्थित ईरिक्शाको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ ।

बिहीवार साँझ पौने ७ बजे पर्साको सखुवाप्रसौनी गापा–५ बलुवा घर भई हाल वीरगंज–१८ सुखचैनामा डेरा गरी बस्ने ३२ वर्षीय सोनालाल रामको ईरिक्शाको ठक्करबाट घाइते भएको र उपचारको क्रममा मृत्यु भएको हो । शुक्रवार पौने २ बजे उपचारको क्रममा नेपाल मेडिसिटी वयोधा अस्पतालमा उनको निधन भएको अस्पतालका चिकित्सक न्युरोलोजिस्ट डा सुमित जोशीले जानकारी गराए ।

दुर्घटनामा गम्भीर घाइते भएका रामको भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको डा जोशीले बताए । डकर्मीको काम गर्ने राम साइकल मरम्मत गराएर चैनपुरचोकबाट सुखचैना फर्किन लाग्दा वीरगंज–पथलैया सडकखण्डको प्रदीप पोलिथिननजीक बाटो पार गरिरहेका थिए । सोही क्रममा मधेस प्रदेश ०३–००१ ह १८१९ नम्बरको परवानीपुरतर्पm गइरहेको ईरिक्शाले साइकलयात्रीलाई ठक्कर दिएको थियो । त्यसपछि वीरगंज–२१ ताजपुर बस्ने ईरिक्शाचालक कृष्णकुमार महतोले आप्mनै ईरिक्शामा रामलाई राखेर वयोधा अस्पताल पु¥याएर फरार भएका थिए ।सो घटनामा अस्थायी प्रहरी पोस्ट गण्डकका सुरक्ष्Fाकर्मीहरूले चालकलाई भगाएको आरोपसमेत लागेको छ । रामको मृत्यु भएपछि चालकको तर्पmबाट कोही पनि व्यक्ति मृतकको परिवारलाई क्षतिपूर्ति दिन र हालखबर नबुझ्न आएको भन्दै पीडित पक्षले शव बुझ्न मानेका छैनन् । जबसम्म क्ष्Fतिपूर्तिको निचोड निस्किंदैन, तबसम्म शव नबुझ्ने सुखचैनाका दलित अगुवा प्रह्लाद रामले बताए ।

फरार चालकलाई नियन्त्रणमा लिने र क्ष्Fतिपूर्तिको लागि पर्सा र बाराका प्रहरी युनिटले आवश्यक कारबाई अगाडि बढाएको छ । वप्रका श्रीपुरले घटनास्थल बारा भएकोले इप्रका नौतन, गण्डकको जिम्मामा ईरिक्शा बुझाएको र त्यहाँको प्रहरीले चालकको घरपरिवारका सदस्यलाई नियन्त्रणमा लिएर पीडितलाई न्याय दिन लागिपरेको बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।