डा राउतद्वारा भ्रष्टाचारीलाई पक्राउ गरेकोमा सरकारको प्रशंसा

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, ४ चैत/
जनमत पार्टीका अध्यक्ष एवं सङ्घीय सांसद डा सिके राउतले अहिलेको सरकारले भ्रष्टाचारमा संलग्न ठूला व्यक्तिहरूलाई पक्राउ गरेकामा प्रशंसा गरेका छन् ।

उनले ठूलाहरूको संलग्नतामा भ्रष्टाचार बढेकोले देशमा सुशासन कायम नभएको बताए । तत्काल चालिएका यी कदमले निरन्तरता पाउनुपर्ने र अकूत सम्पत्ति कमाएका सबैलाई कारबाईको दायरामा ल्याउनुपर्ने माग गरे ।

वीरगंजमा जनमत पार्टीको दुई दिने केन्द्रीय समितिको बैठकपछि आइतवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष डा राउतले केन्द्रीय समितिको बैठकले ११ बुँदे निर्णय गर्दै समापन भएको जानकारी गराए । उनले देश आर्थिक मन्दीबाट गुज्रिरहेको अवस्थामा उद्योग–व्यवसाय डुब्न नदिन सरकारले ठोस नीति ल्याउनुपर्ने, जसमा ठूला अर्थनीति, पूँजी सुरक्ष्Fित राख्ने नीति, उद्योग–व्यवसाय डुब्न र पलायन हुनबाट बचाउने नीति ल्याउनुपर्ने, सुक्खायाम शुरू हुन लागेको र खानेपानी समस्या सिर्जना हुने बताउँदै त्यसको पूर्वतयारीमा जुट्न सरकारसँग माग गरिएको बताए ।

किसानलाई समयमा मलको व्यवस्था, कोशी प्रदेशको सीमाङ्कन र नामाङ्कनमा पुनर्विचार गर्नुपर्नेलगायत साङ्गठनिक निर्णय गरिएको उनले बताए । उनले बैठकमा नौलो गणतन्त्र र सामाजिक लोकतन्त्रको अवधारणा अघि सार्ने निर्णय भएको बताए । यो अवधारणा अनुसार जनमत पार्टीले देशको कार्यकारी प्रमुख, प्रदेशका मुख्यमन्त्री एवं भ्रष्टाचारविरुद्ध काम गर्ने राष्ट्रिय न्यायाधीकरण अख्तियारजस्तो निकायको प्रमुख जनताबाट चुनिनुपर्ने व्यवस्था लागू गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा डा राउतले मधेस प्रदेश सरकार चरम भ्रष्टाचारमा डुबेको र मुख्यमन्त्री परिवर्तन भएर आप्mनो दलको बन्नुपर्ने माग दोहो-याए । उनले यही शर्तमा जनमत पार्टी सरकारमा नगएको पनि बताए । पत्रकार सम्मेलनमा पार्टी सचिव बिपी साह, प्रवक्ता डा शरद यादवलगायतको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।