माथि सक्कली नोट र भित्र कागजको गड्डीसहित दुईजना पक्राउ

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, सिम्रौनगढ, ४ चैत/
सिम्रौनगढ नगरपालिका–४ गङ्गानगरस्थित गण्डक नहरखण्डबाट प्रहरीले खोटा मुद्रासहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत, मोतिहारी ग्राम हरनरायणा–१० निवासी ३९ वर्षीय राजेश दास र अगरवा–४ निवासी ४३ वर्षीय रामप्रवेश दास रहेका छन् ।

गस्तीमा रहेको अमृतगंज प्रहरी टोलीले बस चेकजाँच गर्दा दुवैजनाले बोकेका झोलामा माथिबाट रु एक हजारको नोट रहेको र बीचमा नोट छाप्ने कागजको बिटा रहेको १६ वटा गड्डी बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले जनाएको छ ।

प्रहरीले चार हजार नोट पनि बरामद गरेको इलाका प्रहरी कार्यालय, सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राइले जानकारी दिए । दुवैजना भारतीयमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।