भोजपुरिया उडानको होलीमिलन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, ३ चैत/
भोजपुरिया उडान, वीरगंजको आयोजनामा वीरगंज महानगरपालिका–४ स्थित सुन्दरमल रामकुमार कन्या माध्यमिक विद्यालयमा शनिवार होलीमिलन समारोह सम्पन्न भएको छ ।

कार्यक्रमका अध्यक्ष आमोद गुप्ताले “समय के किमत बितल, उमिरिया के बाद आवता, बचपन के होली बहुत हमारा याद आवता” कविता वाचन गरेका थिए । त्यसैगरी, राकेश यादव मितवा र प्रअ विनोद मेहताले हास्यव्यङ्ग्यमा आधारित कविता वाचन गरेका थिए । लोकगायकहरू क्रमशः छोटु राज, चन्दन प्रजापति, उपेन्द्र उज्ज्वल र आनन्द यादवले वाद्ययन्त्रको तालमा होलीका लोकगीत प्रस्तुत गरेका थिए । विभिन्न जिल्ला र क्षेत्रबाट सहभागीहरूले होली, दहेज, राजनीति आदि विभिन्न विधामा भोजपुरी कविता प्रस्तुत गरेका थिए ।

कार्यक्रममा भोजपुरी प्रतिष्ठान, बाराका अध्यक्ष रामप्रसाद साह, कथाकार गणेश लाठ, प्रमोद पाण्डेय हेरम्ब, ध्र्रुवसिंह ठकुरी, दिनेश गुप्ता, प्रअ एवं कवयित्री अनीता साह, मोतिउर्र रहमान, श्याम सर्राफ, विक्रम साह कानू, जय यादव, महन्त राय, पत्रकारद्वय राजेश मिश्र र विमला गुप्तालगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण कवयित्री अस्मिता पटेलले गरेकी थिइन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।