कुर्मी सशक्तीकरण मञ्चको अध्यक्षमा दीपक पटेल

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, ३ चैत/
कुर्मी सशक्तीकरण मञ्च पर्साको जिल्ला अधिवेशन कुर्मी सेवा सदन वीरगंज–२४ रामगढवामा शनिवार सम्पन्न भएको छ । मञ्च पर्साका अध्यक्ष विशेश्वरप्रसाद कुर्मीको अध्यक्षतामा भएको भेलाले दीपक पटेलको नेतृत्वमा ३१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।

सङ्घीय सांसद बिना जैसवालको प्रमुख आतिथ्यमा भएको भेलामा प्रदेश सांसद श्याम पटेल, नेपाली काङ्ग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, पुरन पटेल, शिवशङ्कर पटेल, उदयनारायण कुर्मी, रामनारायण कुर्मी, जीतेन्द्र पटेल, शिव पटेल, ब्रह्मदेव कुर्मी, सन्तोष पटेल, दीपक पटेल, वीरेन्द्र पटेललगायतले मन्तव्य राखेका थिए ।

मञ्चको वरिष्ठ उपाध्यक्ष खेमराजप्रसाद कुर्मी, उपाध्यक्षद्वय लालबाबूप्रसाद कुर्मी र सन्तोष पटेल, सचिव देवप्रकाश पटेल, सहसचिवद्वय दीपेन्द्रपटेल सिंह र मायानिधि पटेल, कोषाध्यक्ष राजेश्वरप्रसाद कुर्मी र सहकोषाध्यक्षमा हरेन्द्र पटेललगायत सदस्यहरू रहेका छन् । कार्यक्रममा स्वागत मन्तव्य मञ्चका उपाध्यक्ष बृजकिशोर पटेल तथा सञ्चालन देवप्रकाश पटेलले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।