नितेश कर्ण, वीरगंज, २ चैत/
नेपाल गणित समाज मधेस प्रदेशको तीन दिने भौतिक तालीम शुक्रवारदेखि वीरगंजमा शुरू भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंजमा शिक्षा क्षेत्रको विकासको लागि महानगर तत्पर रहेको बताए । उनले तालीम नाममात्रको लागि आयोजना नगर्न आग्रह गरे । नगरप्रमुख सिंहले राजनीतिका कारण शिक्षा पछाडि परेको बताए ।
नेपाल गणित समाजका उपाध्यक्ष श्रीराम खड्काले नेपालमा अहिले गणित शिक्षकको एकदमै खाँचो भएको बताए । उनले लुम्बिनी र सुदूरपश्चिम प्रदेशपछि मधेस प्रदेशमा १२ दिने तालीमको आयोजना गरिएको बताए ।
कार्यक्रमका अध्यक्ष डा कृपासिन्धु चौधरीले गणित विद्यार्थीहरूले बढी मेहनत गरेर पढ्ने विषय भएपनि यसै विषयमा धेरै विद्यार्थी फेल हुने गरेका बताए । डा चौधरीले शिक्षाको अधिकार स्थानीय तहमा गएकोले स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए । उनले पहिले पहाडमा गणित पढाउने शिक्षक मधेसबाट जाने गरेकामा अहिले पहाडबाट मधेसमा गणित शिक्ष्Fक आउने गरेको बताए ।