प्रस, वीरगंज, २ चैत/
जिल्ला प्रहरी कार्यालय, बाराले भारतको मुम्बईबाट आठजना बालकको उद्धार गरी अभिभावकको जिम्मा लगाएको जनाएको छ ।
विभिन्न मितिमा नेपालबाट भारतको मुम्बईमा मजदूरी गर्न गएका आठजना बालकको उद्धार गरी परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ । १३ देखि १७ वर्षमुनिका रौतहटका सातजना र कपिलवस्तुका एकजना गरी आठजना बालकलाई बालकल्याण समिति, बाल हेल्पलाइनलगायत सम्बन्धित सङ्घसंस्थाहरू र जिल्ला प्रहरी कार्यालय, बाराको सहकार्यमा मुम्बईबाट उद्धार गरी बारा ल्याइएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक दधिराम न्यौपानेले बताए । उनीहरूलाई बिहीवार अभिभावकको जिम्मा लगाइएको उनले बताए ।