मधेस सरकार भ्रष्टाचारमा लिप्त –डा सिके

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, परवानीपुर, २ चैत/
जनमत पार्टीका अध्यक्ष एवं सांसद डा सिके राउतले आफ्नो दल वर्तमान सरकारमा सहभागी नहुने र मधेस प्रदेश सरकार ढल्दा राम्रो हुने बताएका छन् ।

भोलि शनिवारदेखि वीरगंजमा हुने पार्टी केन्द्रीय समितिको पूर्ण बैठकमा सहभागी हुन शुक्रवार वीरगंज आएका अध्यक्ष डा राउतले गहवामाई मन्दिर दर्शनपछि प्रतीकसँगको संक्षिप्त कुराकानीमा वर्तमान नयाँ समीकरणको सरकारले आफ्नो शर्त मान्य हुने लक्षण नदेखाएकोले प्रतिपक्षमा बस्ने निर्णय गरेको बताए ।

उनले अर्काे समीकरण बनेको खण्डमा भने सरकारमा जाने कुरामा विचार गर्न सकिने सङ्केत गरे । उनले मधेस प्रदेश सरकार ढल्नैपर्ने बताए । मधेस प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको र यसको चौतर्फी आलोचना भइरहेको बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।