शहरभन्दा गाउँमा हरियो तरकारी महँगो

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पर्सागढी, २ चैत/
शहरमा भन्दा ग्रामीण क्ष्Fेत्रमा हरियो तरकारी महँगोमा बिक्री भइरहेको छ । वीरगंज महानगर र जीतपुरसिमरा उपमहानगरको तुलनामा पर्सागढी नगरपालिकामा हरियो तरकारी महँगोमा बिक्री भइरहेको छ ।

वीरगंज महानगरमा हरियो केराउ (कोसा) खुद्रामा प्रतिकिलो रु ५० मा बिक्री भइरहेको छ भने जीतपुरमा रु ८० र पर्सागढीमा रु १०० मा बिक्री भइरहेको छ । यसैगरी, काउली वीरगंज र जीतपुरमा रु २५ र पर्सागढीमा रु ३० प्रतिकिलो बिक्री भइरहेको छ । गोलभेंडा वीरगंजमा रु ३०, जीतपुर र पर्सागढीमा रु ५० प्रतिकिलो बिक्री भइरहेको छ । बन्दाकोभी वीरगंजमा ४०, जीतपुर र पर्सागढीमा रु ६० प्रतिकिलो बिक्री भइरहेको छ ।

बेमौसमी खेती अन्तर्गत अहिले भारतको पश्चिम बङ्गलबाट आयातित परवल, रामतोरई, करैला, कटहरको दाम अचाक्ली महँगो छ । परवल रु २००, रामतोरई रु १८०, कटहर तथा करैला रु १०० प्रतिकिलो बिक्री भइरहेको छ ।

पर्सा जिल्लाका विभिन्न पालिकाहरूले बेमौसमी तरकारी खेतीबारे किसानहरूलाई प्रशिक्ष्Fण दिए पनि आशाप्रदरूपमा बेमौसमी तरकारी खेती हुन सकेको छैन, जसले गर्दा अहिले पनि बेमौसमी तरकारी बाग्मती प्रदेशको मकवानपुर र भारतबाट आयात भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।