अटो मेकानिक्सको अधिवेशन सम्पन्न

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २६ फागुन/
जिफन्ट आबद्ध नेपाल अटो मेकानिक्स ट्रेड युनियन, जीतपुरसिमरा उपमहानगरपालिका, बाराको प्रथम अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरका प्रमुख राजन पौडेलले अधिवेशनको उद्घाटन गरेका थिए ।

सोहेल अन्सारीको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा नेपाल अटोमेकानिक्स ट्रेड युनियनका अध्यक्ष प्रदीप घिमिरे, उपाध्यक्ष नारायण पुरी, मधेस अध्यक्ष हरि न्यौपाने, जिफन्ट मधेसका अध्यक्ष कमलेश झा, समग्र उद्योग ट्रेड युनियनका अध्यक्ष आनन्द थामी, वडाध्यक्ष धनबहादुर श्रेष्ठ, इलाका प्रहरी कार्यालय, जीतपुरका प्रमुख प्रदीपकुमार क्षेत्री, ट्राफिक प्रहरी रामभक्त यादवलगायतले अधिवेशन सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत दीपु चौधरी र सहजीकरण अमृत बस्यालले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।