राधेश्याम पटेल, परवानीपुर, २३ मङ्सिर/
मङ्सिरमा चारैतिर बिहेबारी भइरहेको छ। वैवाहिक कार्यक्रममा फूलले ढकमक्क सजाइएको कार तथा गाडीहरू लैजाने चलन बढिरहेको छ। जसले गर्दा वीरगंजमा गाडी सजाउने पसलेहरूको आम्दानीमा सकारात्मक फाइदा पुगेको छ।
लकडाउनको कारण विगत ८ महीनादेखि फूलको कारोबार ठप्प हुँदा मङ्सिर १५ गतेदेखि शुरू भएको बिहेको लगनले गर्दा उनीहरूको व्यवसायमा वृद्धि भएको छ। वीरगंज–१६ नगवाका सन्दीप राउतको हरि खेतान बहुमुखी क्याम्पस अगाडि पसल छ। उनको नजीकै प्रदीप मैती, सुनील गुप्ता, अशोक जनालगायत व्यवसायीहरूको पसल रहेको उनी बताउँछन्। एक दिनमा एउटा पसलेले १५ देखि २० वटा गाडी सजावट गर्ने काम गरिरहेको उनी बताउँछन्।
गाडीधनी तथा बेहुलापट्टीको इच्छा अनुसार एउटा गाडी रु १५ सयदेखि रु ३५ सयसम्ममा सजाउने गरेको उनले बताए। गाडी सजाउने मुख्य सिजन मङ्सिर महीना र वैशाख, जेठ भएको उनी बताउँछन्। उनले भने–“गाडी सजाउने समयमा कोलकाताबाट सयपत्री (गेन्दा), बोकया, रिबनलगायत सामग्री मगाएर गाडी सजाइन्छ भने अन्य सिजनमा विविध सभा तथा डेकोरेशनको काममा पनि फूलको कारोबार गर्छौ।” यसपालि मङ्सिर १५ गतेदेखि २६ गतेसम्म ११ दिनको मात्र लगन भएको र त्यसपछि चार महीना पछाडि वैशाखमा बिहेको लगन परेकोले लकडाउनको साथसाथै लगन कम भएकोले कमाइ पनि कम हुने व्यवसायीहरूको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here