५१ जनाद्वारा रक्तदान

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

नितेश कर्ण, वीरगंज, २४ फागुन/
नेपाल विद्यार्थी सङ्घले ठाकुर राम बहुमुखी क्याम्पसमा आयोजना गरेको रक्तदान कार्यक्रममा चार जना महिलासहति ५१ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा राजकुमार यादव, इम्तियाज हुसैन, गुडु पटेल, राहुल पटेल, जितन यादव, अमित पटेल, मधु रानामगर, खुशीकुमारी साह, नागज्योति चौधरी, दीपेशकुमार यादव, पिन्टु बैठा, उवाइ मन्सुरी, रितेश पटेल, सुन्धु यादव, पङ्कज पटेल, तबरेज आलम, इरफान हुसैन, सुमितकुमार पटेल, सोनुकुमार प्रजापतिलगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख शौरभराज पाण्डेले बताए ।

नेविसङ्घका केन्द्रीय सदस्य मुनराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकाका क्षेत्रीय सभापति अरविन्द गुप्ता, नेता वैकुण्ठ श्रीवास्तव, नेका पर्साका सभापति मणिन्द्रलाल नेपाली, क्याम्पस प्रमुख रञ्जीतप्रसाद यादव, कन्हैया झा, गीता श्रेष्ठ, बद्रीनारायण तिवारी, मनोहर साह, उमेश पटेल, सुरेन्द्र प्रजापतिलगायतको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।