सिद्धेश्वर महादेव मन्दिरमा शिवरात्रि पर्व मनाउन उपसमिति गठन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २४ फागुन/
महाशिवरात्रि पर्वलाई भव्य तथा सभ्यरूपमा मनाउन सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिले विभिन्न उपसमितिहरू गठन गरी कार्यविभाजन गरेको छ ।

बारा, कलैया उपमहानगरपालिका–३ स्थित सिद्धेश्वरनाथ महादेव मन्दिरमा महाशिवरात्रि पर्वको अवसरमा शुक्रवार अखण्ड रुद्राभिषेक, रुद्री, चण्डीपाठ, हवन गरी मनाउन विभिन्न उपसमितिहरू गठन गरिएको छ ।

अतिथि सत्कार उपसमितिमा मणिन्द्रनाथ शर्मा, मोहन साह कानू, छविरमण सुवेदी रहेका छन् भने पाठपूजा उपसमितिमा महेश्वर भण्डारी, शान्तिराम मिश्र, श्रीधर ढकाल रहेका छन् । यसैगरी, भान्सा व्यवस्थापन, मेला व्यवस्थापन, पगडी लेखन (बाँध्ने) उपसमिति, सरसफाइ उपसमिति, मेला स्वयंसेवक उपसमिति पनि गठन गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।