प्रस, वीरगंज, २३ फागुन/
पर्सा र सर्लाही गरी बुधवार तीन स्थानमा भएको रक्तदान कार्यक्रममा २६ जना महिलासहित १७८ जनाले रक्तदान गरेका छन् ।
वीरगंज महानगरमा ग्लोबल बिजनेश कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा १४ जना महिलासहित १०६ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए ।
सोनु श्रेष्ठ, नसरिन खातुन, टेकेन्द्र साह, अनुज कानू, मनु पटेल, कुणाल त्रिपाठी, गड्डु कुशवाहा, हरिकिशोर पण्डित, ज्योति कुशवाहा, नितेश यादवलगायतले रक्तदान गरेका थिए ।
यसैगरी, महाशिवरात्रिको अवसरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, छपकैयाले आयोजना गरेको रक्तदान कार्यक्रममा नौजना महिलासहित ३८ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए । मासुम पौडेल, अस्मिता गौतम, गौरी देवी, स्नेहलता सिंह, करण साह, रवीन्द्र महतोलगायतले रक्तदान गरेका थिए ।
यसैगरी, सर्लाहीमा नेपाल रेडक्रस सोसाइटी रजघट्टा उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा तीनजना महिलासहित ३८ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक मनीष कुमारले बताए ।