प्रस, निजगढ, २२ फागुुन/
निजगढ नगरपालिका–४ कछडिया टोलस्थित बकैया खोलाको पश्चिम नदीउकास वनक्षेत्रमा मृत अवस्थामा संरक्षित पाटेबाघ मङ्गलवार बिहान फेला परेको छ । सो वनक्षेत्र कछडिया सामुुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रभित्र पर्ने जनाइएको छ ।
मृत अवस्थामा फेला परेको सो पाटेबाघ लगभग दुुई साता अघि बिहानीपख बकैया खोला किनारमा पानी खान आएको देखेपछि स्थानीयहरू भागेका बुुझिएको छ । त्यस बेला बाघ मानिसलाई आक्रमण गर्न सक्ने अवस्थामा नरहेको स्थानीयले बताएको जनाइएको छ ।
खोला आसपासका वनक्षेत्रमा बाघ आएको बस्तीमा हल्ला फैलिएपछि त्यस क्षेत्रमा गोठालाहरूसमेत जान छाडेका थिए ।
आज खोलापारि रहेको सामुुदायिक वनक्षेत्रको नदीउकास जमीनमा लगाएको तारबार हेर्न बिहान आउँदा सिनो गन्हाएको जस्तो गन्ध आएपछि खोज्दै जाँदा मृत अवस्थामा पाटेबाघ देखिएपछि सम्बन्धित वन कार्यालयलाई जानकारी गराएको कछडिया सामुुदायिक वन उपभोक्ता समूहका अध्यक्ष वीरेन्द्र ठाकुुरले बताए ।
करीब आठ वर्ष उमेर पुुगेको सो पाटेबाघको के कति कारणले मृत्युु भएको हो भन्ने खुल्न नसके पनि शल्यपरीक्षणपछि पत्ता लाग्ने डिभिजन वन कार्यालय, बाराका प्रवक्ता जवाहरलाल प्रसाद कुुर्मीले बताए ।
मृत अवस्थामा फेला परेको उक्त पाटेबाघलाई स्वास्थ्य प्राविधिकले घटनास्थलमा हेर्दा केही घाउचोट नदेखिए पनि आवश्यक कानूनी प्रक्रिया पूरा गरी शल्यपरीक्षणको लागि बाघको आवश्यक अङ्ग लगी बाँकी अङ्गलाई डिवका, सिमराको परिसरमा गाडिएको तामागढी सबडिभिजन वन कार्यालय, निजगढका वन अधिकृत सुुरेश भगतले जानकारी दिए ।
घटनाको जानकारी पाउनासाथ पर्सा राष्ट्रिय निकुुञ्ज, आधाभार अन्तर्गत सो क्षेत्रका वन्यजन्तुुको सुुरक्षाको जिम्मेवारी लिएको नेपाली सेनाको टोलीसमेत घटनास्थलमा पुगेको थियो । त्यसैगरी, इलाका प्रहरी कार्यालय, निजगढ, सशस्त्र सुुरक्षा बल निजगढ, सशस्त्र सुुरक्षा अस्थायी बेस लालका सुरक्षाकर्मीसमेत पुगेका थिए ।
सो घटना पर्सा राष्ट्रिय निकुुञ्ज र मध्यवर्ती वनक्षेत्रभित्र नपरेकोले आवश्यक प्राविधिक सहयोग निकुुञ्ज कार्यालयले गरे पनि डिभिजन वन कार्यालय, बाराले सो घटनाको अनुुसन्धान गर्ने पर्सा राष्ट्रिय निकुुञ्जका प्रमुख रामचन्द्र खतिवडाले बताए ।