प्रस, वीरगंज, २१ मङ्सिर/
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत आइतवार मेरीगोल्ड स्कूलमा अध्ययनरत विद्यार्थीहरूलाई प्रशिक्षण दिइएको छ।
नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि श्याम बन्जाराले विद्यार्थीहरूलाई लैङ्गिक हिंसाबारेमा प्रशिक्षण दिएका थिए।  
विद्यार्थीहरूलाई प्रशिक्षण दिंदै महिला हिंसा घरबाट नियन्त्रण गर्नुपर्ने बताए। उनले छोरा–छोरीबीच भेदभाव, सासू–बुहारीबीच मनमुटाव बालविवाह, दाइजोलगायत सामाजिक, संस्कृति, धार्मिक कारणबाट हुने बताए। उनले सरकारले सबै जातिमा महिला र पुरुष बराबरी भने तापनि अशिक्षा, गरीबीको कारण यससम्बन्धी चेतना अभिवृद्धि हुन नसक्दा घटना बढेको बताए।
अध्यक्ष बन्जाराले दिनानुदिन महिला हिंसा बढ्दै गएकोले यसलाई सबैले मिलेर न्यूनीकरण गर्नुपर्ने सुझाए।
सामुदायिक सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईं, विद्यालयका प्रअ रवि कोइराला, वडा प्रहरी कार्यालय बिर्ताका प्रनि राजेशराज पुरी, मुना दाहाल, भवानी घिमिरे, सञ्जु दाहाल, श्रवण रायमाझी, विकाश साहलगायतले मन्तव्य व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here