हात्तीलाई तह लगाउन ढोई हात्ती ल्याइयो

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, ठोरी, २५ साउन/
    जङ्गली हात्तीले ठोरीमा आतङ्क मचाएपछि निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिले शनिवार साँझ दुईवटा ढोई हात्ती ल्याएको छ।
    दैनिकजसो राष्ट्रिय निकुञ्जबाट जङ्गली हात्ती ठोरी गाउँपालिकामा पसेर स्थानीयलाई दुःख दिन थालेपछि चितवन राष्ट्रिय निकुञ्जको समन्वयमा बगही सेक्टरबाट दुईवटा ढोई हात्ती गाउँमा गस्ती गराउन ल्याएको निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले बताए।
    दुई ढोई हात्तीलाई तीन दिनसम्म रातिको समयमा गाउँमा गस्ती गराइने उनले बताए। गस्ती टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, वन समिति, जनप्रतिनिधि तथा स्थानीयहरू रहेका छन्। जङ्गली हात्तीका कारण ठोरीवासीले धनजनको क्षति बेहोर्दै आएका छन्। प्रायः राति जाग्राम बसेर हात्ती धपाउने कार्य गर्दागर्दै आजीत भएका ठोरीवासीलाई गस्तीको लागि ल्याइएका दुईवटा ढोई हात्तीले राहत दिने बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।