प्रस, वीरगंज, १९ मङ्सिर/
वीरगंज महानगरपालिका–८ घण्टाघरदेखि ५ सय मिटर उत्तरतर्फ रहेको सुवर्ण मन्दिरको जग्गा भूमाफियाले अतिक्रमण गरेको भन्दै शुक्रवार बिहानदेखि विवाद शुरू भएको छ।
सुवर्ण मन्दिरको कित्ता नं. ५ को १ कट्ठा ११ धुरमध्ये केही जग्गा भूमाफियाले अरूलाई बेचेपछि विवाद शुरू भएको हो। रानीघाट निवासी नसिमा खातुनको नाममा रहेको जग्गा राति एकाएक खनिएको र मन्दिरको बाटो बन्द गरिएको भन्दै स्थानीयले विरोध गरेका छन्। नक्शापाससमेत नगराइ जग्गाधनी खातुनले एकाएक रातिको समयमा निर्माण कार्य गरेको भन्दै वडा कार्यालयले सो कार्य रोकेको छ। स्थानीयका अनुसार सो जग्गा मन्दिरको रहेको र केही व्यक्तिले सो जग्गा खातुनलाई बिक्री गरेपछि लामो समयदेखि विवाद चल्दै आएको बताए।
जिल्ला तथा उच्च अदालतले जग्गाधनीको पक्षमा निर्णय गरिसकेको र सो अदालतको आदेश कार्यान्वयनको लागि स्थानीय प्रशासनले प्रक्रिया अगाडि बढाएको छ।
तर स्थानीय बासिन्दाले कुनै पनि हालतमा सो ठाउँमा भौतिक संरचना बन्न नदिने अडानमा छन्। मन्दिरअगाडि संरचना निर्माण गरे सशक्त प्रतिरोध गर्ने विभिन्न सङ्गठनले प्रेस विज्ञप्ति निकालेका छन्।
घटनास्थलमा पुगेका सांसद प्रदीप यादवले जग्गाको वास्तविकता पत्ता लगाइ दोषीलाई कारबाई गर्ने बताए।   भूमाफियाले बिक्री गरेको जग्गाको सम्बन्धमा आफूले सक्दो सहयोग गर्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here