प्रस, पोखरिया, १९ मङ्सिर/
इलाका प्रहरी कार्यालय, पोखरियामा शुक्रवार सम्पन्न बैठकमा अटो व्यवसायीहरूले तोकिएको दररेटमा यात्री बोक्ने सहमति गरेका छन्। लकडाउनअगाडि पोखरिया र आसपासबाट सञ्चालित टेम्पोहरूले तोकिएको दररेट अनुसार सवारी सञ्चालन गर्दै आएका थिए।
लकडाउनपछि मनपरी भाडा असुल्दै आएका अटो व्यवसायीहरूले अहिले पनि सोही दररेट कायम गरेर यात्रीहरूलाई ठगेको गुनासो आएपछि इलाका प्रहरी कार्यालय पोखरियाका प्रनि दीपक थापाले सरोकारवालाहरूको बैठक राखेर तोकिएको दरमा यात्री बोक्न सहमति गराएका हुन्।
आज भएको सहमति अनुसार पोखरियाबाट वीरगंज आउने यात्रीहरूसँग प्रतियात्री रु ६० मात्र भाडा लिन पाइने भएको छ। यसअघि, यात्रीहरूसँग रु ८० लिने गरिन्थ्यो। लकडाउनअगाडि यो भाडा रु ५० प्रतिव्यक्ति थियो। लकडाउनमा भने यही भाडा रु १ सय थियो।
पोखरिया र आसपासमा बजरङ्ग, लाटोमाई र गहवामाई अटो व्यवसायी सङ्घ छन्। योसँग आबद्ध करीब डेढ सय अटोहरू छन्। पोखरिया, भिस्वा, जानकीटोलालगायतका ठाउँबाट अटो सञ्चालन हुँदै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here