एक लाख वर्ष पुरानो पाइलाको चिह्न भेटियो

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

मोरक्कोमा एक लाख वर्ष पुरानो मानिसको पाइलाको चिह्न भेटिएको छ । वैज्ञानिकको दाबी अनुसार यो मानिसकै खुट्टाको चिह्न हो । मोरक्को, जर्मनी र स्पेनका वैज्ञानिकले एउटा अनुसन्धान प्रकाशित गरेका छन्, जसमा भनिएको छ– एक लाख वर्ष पुरानो मानिसको चिह्न अझैसम्म सुरक्षित छ । यो खुट्टाको चिह्नले मानव विकासबारेमा थुप्रै रहस्य खोल्न सक्छ । अल जजीराको रिपोर्ट अनुसार उत्तरी मोरक्कोमा समुद्रनजीकै एउटा चट्टानमा पाइलाको चिह्न भेटिएको हो । यस्तो लाग्छ, यो चिह्न पाँचजना मनुष्यको समूहको हो ।

नेचर साइन्स जर्नलमा प्रकाशित रिसर्च अनुसार खुट्टाको चिह्नबाट ह्युमन रेसको ओरिजिनबारेमा पत्ता लगाउन सकिन्छ । यद्यपि तटीय इलाका भएको कारण वैज्ञानिकको लागि यो एउटा ठूलो चुनौती पनि हुन सक्छ । थुप्रै ह्युमन ट्र्याक समुद्रबाट हराइसकेका छन् । मोरक्कोमा समुद्र किनार ढुङ्गामाथि शोधको दौरान पाइलाको चिह्न सूक्ष्म विश्लेषण गर्दा यसको आकार भिन्दाभिन्दै भेटिएको थियो ।

पुरातŒवविद् मौनसेफ सेदरातीले अल जजीरालाई भने– यो मानिसकै निशान हुन सक्छ, यो बालुवा एक लाख वर्ष पुरानो हो । यहाँबाट मानिसको खुट्टाको करीब ८५ वटा चिह्न भेटिएका थिए । यस्तो लाग्छ कि मानिसको समूह पानीतर्पm गइरहेको थियो । यसभन्दा पहिले उत्तरी अमेरिकामा पनि खुट्टाको निशान भेटिएको थियो । बूढी औंला र औंलाको निशानबाट यो पत्ता लाग्छ कि उनीहरू हामीजस्तै मनुष्य थिए । भिन्दाभिन्दै आकार भएका कारण यसमा महिला, पुरुष, बच्चा आदि सामेल थिए ।

वैज्ञानिकले यहाँ मानिस के गर्न आएका थिए, त्यसबारे शोध गरिरहेका छन् । सेदरातीले भने– हुन सक्छ त्यति बेला हिमयुग समाप्त भयो र मनुष्यमा पनि परिवर्तन आएको होला । यसभन्दा अघि सन् १९९५ मा दक्षिण अफ्रिकाको वेस्ट केप प्रान्तमा भेटिएको मानिसको निशान सबैभन्दा पुरानो बताइन्छ । यसको उमेर लगभग एक लाख १७ हजार वर्ष छ । यसको लम्बाइ ८.७ इन्च छ । त्यति बेला महिलाको उचाइ लगभग १२२ सेन्टिमिटर हुन सक्ने वैज्ञानिकको दाबी छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।