महायज्ञको लागि कलशयात्रा सम्पन्न

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, परवानीपुर, २७ माघ/
वीरगंज महानगर–१४ चिनीमिल पिपरामा भोलिदेखि शुरू हुने श्री सीताराम नाम सँगकीर्तन–१०८ कुञ्ज नौ दिवसीय विष्णु महायज्ञको अवसरमा शनिवार कलशयात्रा सम्पन्न भएको छ ।

महायज्ञस्थलबाट निस्केको कलशयात्रा आवास क्षेत्र हुँदै नृसिंह मावि भएर बाराको प्रसौनी गापामा रहेको त्रिवेणी खोलामा जल भरेर फर्केको थियो । बाजागाजासहित निकालिएको कलशयात्रामा हजारौं श्रद्धालुजनको सहभागिता थियो । भोलि माघ २८ गते श्री सीताराम नाम सँगकीर्तन–१०८ कुञ्ज नौ दिवसीय विष्णु महायज्ञको उपराष्ट्रपति रामसहायप्रसाद यादवले उदघटन गर्ने कार्यक्रम छ ।

सवा लाख श्रद्धालु भक्तजनलाई निश्शुल्क भोजन गराउने गरी भण्डाराको व्यवस्थापन मिलाइएको महायज्ञ मूल आयोजन समितिका संयोजक अनिल रूँगटाले बताए । फागुन ७ गतेसम्म चल्ने महायज्ञमा पर्सा, बारा, रौतहट, धनुषा, सप्तरी र छिमेकी भारतको बिहार राज्यबाट हजारौं श्रद्धालु आउने विश्वास गरिएको छ ।

महायज्ञमा खेल तमाशासँगै वृन्दावनको रामलीला र अन्य मनोरञ्जनको व्यवस्थापन मिलाइएको महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष रामप्रवेश कुर्मीले बताए । भारतीय नागरिक एवं जनकपुरधाममा बसोबास गर्दै आएका पगला बाबाको विशेष संयोजनमा श्री सीताराम नाम सँगकीर्तन–१०८ कुञ्ज नौ दिवसीय विष्णु महायज्ञ आयोजन गरिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।