वन समूहका अध्यक्ष थापा धरौटीमा रिहा

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, निजगढ, २५ माघ/
निजगढ नगरपालिका–२ सिंगौलस्थित वनदेवी सामुुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सिद्धबहादुुर थापा बिहीवार धरौटीमा रिहा भएका छन् । बारा जिल्ला अदालतका दुुई नम्बर इजलासका न्यायाधीश प्रकाश राउतको आदेशमा अध्यक्ष थापा रिहा भएका हुुन् । उनीसित रु चार लाख धरौटी माग गरिएको बारा जिल्ला अदालतका श्रेस्तेदार लालबहादुुर कार्कीले जानकारी दिए ।

डिभिजन वन कार्यालय, बाराले वन समूहका अध्यक्ष थापालाई गत पुुस २८ गते पक्राउ गरी मुुद्दा चलाएको थियो । सरकारी वकीलले अदालतमा मुुद्दा दायर गरेपछि आज थुुनछेक बहसको क्रममा न्यायाधीश राउतबाट उक्त आदेश भएको हो । सो वन क्षेत्रमा अतिक्रमण र आबादी गराएको उजूरी परेपछि उनीसहित २६ जनाविरुद्ध बारा जिल्ला अदालतले २०८० भदौ १५ गते पक्राउ पुर्जी जारी गरेको थियो । सोही प्रकरणमा अनुुसन्धानको क्रममा डिवका, बाराले ५२ जनाविरुद्ध मिसिल तयार गरी सरकारी वकीलको कार्यालयमा पेश गरे पनि सरकारी वकीलको कार्यालयले ३५ जनाविरुद्ध मात्रै अदालतमा मुद्दद्धा दायर गरेको डिभिजन वन कार्यालय, बाराले जनाएको छ ।

सो सामुदायिक वन उपभोक्ता समूहको २० हेक्टरभन्दा बढी वन क्षेत्रलाई आबाद गर्दै आएको उजूरी अख्तियार दुुरुपयोग अनुुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा परेको थियो । तत्कालीन माओवादी सशस्त्र द्वन्द्वताका फँडानी गरिएको सो वन क्षेत्रमा स्थानीयले मानवबस्ती बसाउन रोक लगाए पनि हाल ११ घर रहेको वन कार्यालयले जनाएको छ । अतिक्रमण गरिएको वन क्षेत्रमा सामुदायिक विद्यालय, मठमन्दिर, गुुम्बा, सङ्घसंस्था सञ्चालनका लागि जमीन भागबन्डा गरी सो वन क्षेत्रको जमीनमा खेतीपाती गर्न ठेक्कासमेत लाग्दै आएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।