वातावरणीय परीक्षणबारे सार्वजनिक सुनुवाइ

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

बलिराम शुक्ल, बिरूवागुठी, २४ माघ/
पर्सागढी नगरपालिका–३ मा निर्माण हुन लागेको प्रोबायोटेक इन्डस्ट्रिज लिमिटेड (एकाइ उद्योग–८ र ९)को उद्योग वातावरणीय परीक्षणको प्रयोजनार्थ सार्वजनिक सुनुवाइ कार्यक्रम बुधवार सम्पन्न भएको छ ।

उद्योग स्थापनाको लागि वातावरणीय संरक्षण नियमावली (इपिआर) २०७७ ले तोकेबमोजिम प्रारम्भिक वातावरणीय परीक्षणको लागि आज उद्योग रहने स्थानमा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको हो ।

पर्सागढी नपा–३ मा दुर्ईवटा प्लान्ट निर्माण हुने र सोको लागि स्थानीयवासी, सरोकारवाला तथा जनप्रतिनिधिहरूको सहभागितामा उद्योग विभाग काठमाडौंका वातावरण निरीक्षण प्रतिनिधि दिनेश साहको उपस्थितिमा सार्वजनिक सुनुवाइमार्पmत सुझाव लिने कार्य भएको हो ।

स्थानीयवासी तथा सरोकारवालाहरूले वातावरणीय प्रदूषणलाई पूर्णरूपमा नियन्त्रण गरी उद्योग सञ्चालन गर्नुपर्ने, स्थानीयलाई रोजगार दिनुपर्ने र मानवबस्तीमा प्रदूषण तथा कृषियोग्य कार्यमा असर नपर्ने गरी उद्योग सञ्चालन हुनुपर्ने सुझाव दिएका थिए ।

दुर्ई बिघा पाँच कट्ठा क्षेत्रफलमा रहने उद्योगको निर्माण लागत रु ५२ करोड लाग्ने र यसमा दुर्ईवटा प्लान्ट रहनेमा पहिलो गहुँ र मकैको चक्की आटा र च्याख्लाको उत्पादन गर्ने र दोस्रोमा चिप्स, चिजबल्स, कुरमुरे, सोयाबिनलगायतका उत्पादन हुने र उद्योग सञ्चालनमा पानीको प्रयोग नहुने र तापको समेत आवश्यकता नपर्ने भएको हुनाले वातावरण प्रदूषण नहुने उद्योग विभाग काठमाडौंका वातावरण निरीक्षण प्रतिनिधि दिनेश साहले जानकारी दिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा पर्सागढी नगरपालिका वडा नं ३ का वडा सदस्य सीता लामा, उद्योग प्रतिनिधि महमद शैयाद अलि, इन्जिनीयर रमेश यादवलगायत स्थानीय सरोकारवाला तथा स्थानीयवासीहरूको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।