शिक्षा विकास समन्वय एकाइ कार्यालय प्रमुखविहीन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

नितेश कर्ण, वीरगंज, २४ माघ/
शिक्षा विकास तथा समन्वय एकाइ वीरगंज डेढ महीनादेखि कार्यालय प्रमुखविहीन छ ।

मङ्सिरमा निमित्त शिक्षा प्रमुखको रूपमा अशोक रौनियारलाई सरकारले पठाएकोमा एक महीना नबित्दै उनको सरुवा छिपहरमाई गाउँपालिकामा भएपछि शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय वीरगंज प्रमुखविहीन भएको हो ।

निमित्त प्रमुख रौनियारको सरुवा भएको डेढ महीना बितिसक्दा पनि अहिलेसम्म सो कार्यालयको प्रमुखको जिम्मेवारी कसैलाई दिइएको छैन । जसले गर्दा कार्यालयमा आउने सेवाग्राहीहरू मर्कामा परेका छन् । कार्यालय प्रमुख नहुँदा सेवाग्रFही सेवा नपाएर फर्किने गरेका छन् ।

शाखा अधिकृत उमेशकुमार मुखिया परीक्ष्Fणकालमा रहेकाले उनलाई जिम्मेवारी दिइएको छैन । एकजना सेवाग्राही आप्mनो कामको लागि १० दिनदेखि सो कार्यालयमा धाइरहेको बताए । १५ दिनसम्म कार्यालयमा प्रमुख नआएपछि स्वतः निमित्त कार्यालय प्रमुख हुने बताइन्छ । तर शाखा अधिकृत उमेशकुमार मुखिया कार्यालय प्रमुखको जिम्मेवारी लिन हिच्किचाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।