प्रस, वीरगंज, १७ मङ्सिर/
नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सरकार भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाएका छन्।
बाराको सिम्रौनगढमा मङ्गलवार आयोजित श्रद्धाञ्जलिसभामा सहभागी हुन आएका नेता महतले आज वीरगंजमा पत्रकार सम्मेलन गरी सो कुरा बताएका हुन्। उनले सरकारले राष्ट्रवादी कुरा गरे पनि सम्बन्धित राष्ट्रसँग आफ्ना धारणाहरू राख्न नसकेको आरोप लगाए। नेता महतले सरकारले संवैधानिक अङ्गहरूमा भागबन्डाको आधारमा नियुक्ति दिंदै आएकोमा आक्रोश व्यक्त गरे। नेता महतले नेपाल–भारत सीमा अविलम्ब खुला गर्नुपर्ने बताए। दुवै देशबीच नागरिकस्तरको सम्बन्ध लामो समयसम्म सीमा बन्द गर्दा बिग्रने सम्भावना रहेको भन्दै उनले बन्द सीमाको कारण नागरिकले समस्या भोग्दै आएको पनि बताए।
यसैगरी, उनले संसद्को विशेष अधिवेशनको माग राखे। सरकारले गरेका सबै प्रकारका गतिविधिहरूको छलफल गर्ने थलो संसद् भएकोले सोको अधिवेशन यथाशीघ्र बोलाउन उनले माग गरे।
प्रेस युनियन, पर्साका उपाध्यक्ष विजय चौहानको अध्यक्ष्Fतामा भएको पत्रकार सम्मेलनको सहजीकरण किशोर सिंहले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here