प्रस, परवानीपुर, १७ मङ्सिर/
पुस ११ गतेदेखि काठमाडौंमा सञ्चालन हुने राष्ट्रियस्तरको प्रधानमन्त्री कपको लागि जिल्लास्तरमा क्रिकेट खेलाडीहरूको छनोट प्रतियोगिता शुरू भएको छ।  प्रदेश २ को ८ जिल्लामा क्रिकेट सङ्घले सङ्घमा आबद्ध खेलाडीमध्ये प्रशिक्षण शिविरमार्फत खेलाडी छनोट शुरू गरेका छ।
यसैबीच नारायणी क्रिकेट मैदान, वीरगंजमा क्रिकेट सङ्घ पर्साले ५ दिने शिविर आयोजना गरेको सङ्घका पर्सा अध्यक्ष दाउद अन्सारीले जानकारी दिए। लकडाउन अघिदेखि सदस्यता आह्वान गरिएको क्यान पर्सामा यस पालि ७३ जना खेलाडी सदस्यको रूपमा आबद्ध भएकोमा आज र भोलिमा उनीहरूको विभिन्न सीप परीक्षण गरी २४ जनाको दुईवटा टिम बनाइने छ। सो दुईवटा टिमको तीन दिनसम्म चल्ने विभिन्न फर्मेटको खेलबाट प्रधानमन्त्री कपका लागि पर्साको १४ सदस्यीय टोली चयन हुनेछ। प्रदेश २ को ८ वटा जिल्लाको प्रतिस्पर्धाबाट प्रदेश २ को टिम बनाएर प्रधानमन्त्री कप खेलाइने छ।
प्रधानमन्त्री कपमा नेपालको ३९ वटा जिल्लाबाट जिल्लास्तरीय छनोट प्रक्रिया सम्पन्न गरी प्रदेशस्तरीय छनोट प्रतियोगिता चल्नेछ। प्रधानमन्त्री कपमा नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरीको विभाग टोली र ७ प्रदेश को ७ वटा टिम गरी १० वटा टिमबीच प्रधानमन्त्री कप प्रतियोगिता हुने क्यान नेपालले कार्यक्रम सार्वजनिक गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here